Missing: Kt Harayeko Suchana
Juna
Rangi

‘सौराहा दक्षिण एसियाली फिल्म महोत्सव’मा ‘सतिदेवी’ उत्कृष्ट

२०८० माघ २३
‘सौराहा दक्षिण एसियाली फिल्म महोत्सव’मा ‘सतिदेवी’ उत्कृष्ट

‘सौराहा दक्षिण एसियाली फिल्म महोत्सव’मा चलचित्र ‘सतिदेवी’ उत्कृष्ट चलचित्र घोषित भएको छ । माघ १८ देखि २२ गतेसम्म चितवनको सौराहामा आयोजना भएको महोत्सवमा लक्ष्मण सुवेदी निर्देशित चलचित्रले ५० हजार नगदसहित सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको हो । यसै चलचित्रबाट निर्देशक सुबेदीले स्व. शिव रेग्मीको नाममा समर्पित ‘शिव रेग्मी सर्वोत्कृष्ट निर्देशक’को अवार्ड पनि जितेका छन् ।

यस्तै सर्वोत्कृष्ट सम्पादक ‘नाङ्गो गाउँ’बाट बनिशा शाह, सर्वोत्कृष्ट छायाँकार ‘बिच्छेद’बाट संकल भुजेल, सर्वोत्कृष्ट लेखन ‘बिच्छेद’बाटै सत्यराज चौलागाईं र मुकुन भुसालले प्राप्त गरे भने रोशनकुमार श्रेष्ठद्वारा निर्देशित गीति चलचित्र ‘भाग्य’ले ‘जुरी इन्करेजमेन्ट अवार्ड’ जित्यो ।

त्यस्तै, महोत्सवमा सर्वोत्कृष्ट वृतचित्र अवार्ड डा. सचिन घिमिरे र गौरव केसीद्वारा निर्देशित ‘म अलप हुन चाहन्छु’ले प्राप्त गर्‍यो भने सर्वोत्कृष्ट लघु चलचित्रको अवार्ड प्रदीप पोखरेल निर्देशित ‘स्नो लियो पार्ड’ले प्राप्त गरेको छ । यी दुवै विधाको पुरस्कार राशी जनही २५ हजार रहेको छ । 

महोत्सवमा दक्षिण एसियाली मुलुकहरुबाट ४० भन्दा बढी चलचित्र सहभागी भएकोमा २० वटा मात्र प्रदर्शन गरिएको आयोजक विमल पौडेलले जानकारी गराए ।

महोत्सवको निर्णायकमा निर्देशक एवं सम्पादक लभ प्याकुरेल संयोजक र नेपाल पत्रकारिता विकास समाजका अध्यक्ष माधवप्रसाद तिवारी र चलचित्र निर्देशक समाजकी निवर्तमान अध्यक्ष रक्षा सिंह राणा सदस्य थिए ।

Kumari Bank