Khusma
Devi
Rawayan

‘सतीदेवी’को प्रदर्शन मिति हेरफेर, अब ७ भदौमा प्रदर्शन हुने

२०८१ आषाढ १८
‘सतीदेवी’को प्रदर्शन मिति हेरफेर, अब ७ भदौमा प्रदर्शन हुने

चलचित्र ‘सतीदेवी’ को प्रदर्शन मिति परिवर्तन भएको छ । निर्माण कम्पनी दिलासा कृएसनले जारी गरेको विज्ञप्तीमा पूर्व घोषित साउन ४ को मितिमा केही प्राविधिक कारणले गर्दा प्रदर्शन गर्न नसकिएको जनाइएको छ । विज्ञप्तीमा भनिएको छ –  ‘पहिला झैँ कुनै चलचित्र, निर्मातालाई असर नपर्ने गरि ‘सतीदेवी’ नयाँ मिति ७ भदौमा प्रदर्शन गर्ने निर्णय गरेका छौं ।’

नयाँ प्रदर्शन मितिसँगै थर्ड लुक्स (पोस्टर) समेत सार्वजनिक गरिएको छ । लक्ष्मण सुवेदीद्वारा निर्देशित चलचित्रको कथा मुख्य पात्र ‘सतीदेवी’ अर्थात मलिका महतको वरपर घुम्छ । चलचित्रमा मलिका संगै हर्षिका वली, मञ्जिला बानियाँ, सन्दीप बाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोला सापकोटा, सृजना अधिकारी, सुजिता सिवाकोटी, सन्देश लिम्बु, मनिषा सापकोटा, जयन्त रेग्मी, बिमल श्रेष्ठ, देव महर्जन, तुलसी श्रेष्ठ, इभेन जोशी, इश्वरी सिंह, पवन केसी र जगदिश अधिकारीको अभिनय छ ।

चलचित्रको छायांकन बाबु श्रेष्ठले गरेका छन् भने तारा थापाको सम्पादन, दीपक शर्मा र सुवास थापाको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र देव महर्जनको एक्सन छ ।