बैशाख १९ मा ‘षट्कोण’
चलचित्र ‘षट्कोण’ को प्रदर्शन मिति तय गरिएको छ । आउँदो वर्षको बैशाख १९ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्रको थिम पोष्टर समेत सार्वजनिक भएको छ ।
चलचित्रमा कर्मा शाक्य, भोलाराज सापकोटा, लोकेन्द्र लेखक, विराज कडरिया, शिशिर लिम्बु वनेम, सुयसा अधिकारीलगायतका कलाकारहरुको अभिनय रहेको छ । मिलन डि काप्रीको निर्देशन रहेको चलचित्रको पोस्टरमा आत्महत्या गर्नका लागि रुखमा डोरी बाँधिएको देख्न सकिन्छ । भने, भूईंमा एक व्यक्ति उभिएका छन् । चलचित्र रहस्मय मर्डरको कथामा आधारित रहेको बताइएको छ ।
चलचित्रमा आङछेन लामाको छायांकन, विशेष पाण्डेको सम्पादन, विशेष पाण्डे र विराज गौतमको संगीत, शिशिर लिम्बु वनेमको कथा र पटकथा र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

Latest Updates
New Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel
Next Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi