संस्कृतिविद् सत्यमोहन जोशी भन्छन् – लोकसंस्कृतिले नै साँस्कृतिक एकता ल्याउछ

संस्कृतिविद् सत्यमोहन जोशीले लोकसंस्कृतिले नै साँस्कृतिक एकता ल्याउने बताएका छन् । आफ्नै जिवनीमा आधारित पुस्तक ‘सत्यमोहन’को लोकार्पण समारोहमा बोल्दै संस्कृतिविद् जोशीले यस्तो बताएका हुन् ।
उनले लोकसंस्कृतिलाई हेला गरेर राष्ट्र समावेशी हुन नसक्ने भन्दै लोक संस्कृतिले नै विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिहरुबीचमा एकता ल्याउने बताएका छन् । लोक संस्कृतिले सबैलाई आफु नेपाली भएको भावना जागृत गराउने भन्दै जोशीले भने – ‘नेपालमा जाति, जनजातिहरुको, बिभिन्न धर्म, संस्कृतिहरुको समावेशीकरण गरेर एउटा राष्ट्रियकरण गरेर जब नेपाल बन्छ, त्यो बेला राष्ट्रिय एकता भानुभक्तको रामायणले जसरी एकता ल्यायो, भाषिक एकता ल्यायो त्यस्तै लोक संस्कृतिले पनि एकता ल्याउँछ ।’
पत्रकार गिरीश गिरीले लेखेको जोशीको जिवनीमा आधारित पुस्तक ‘सत्यमोहन’ को शुक्रवार एक कार्यक्रमका बिच ललितपुरमा लोकार्पण गरेको हो । लेखक गिरीश गिरीले संस्कृतिविद् सत्यमोहन जोशीले राष्ट्रका लागि गर्नुभएको योगदान पछिल्लो पुस्तासम्म पु¥याउने उद्देश्यसहित पुस्तक लेखिएको बताए ।

Latest Updates
-
-
काठमाडौंमा ‘अञ्जिला’को रेड कार्पेट प्रिमियर, निर्देशकको प्रसंसा
-
कर्णालीलाई चलचित्रबाट चिनाउन सद्भावना दूत बन्न तयार प्रदिप खड्का
-
-
-
New Releases (Falgun 23)
-
Hostel 3
Director : Sashan Kandel
Casts : Paras Bam Thakuri, Ryhaan Giri, Sama Parajuli, Ashish Ghimire, Simran Pant
Next Releases (Falgun 29)
-
Anjila
Director : Milan Chams
Casts : Anjila Tumbapo Subba, Dayahang Rai, Shrijana Subba, Maotse Gurung, Bijay Baral