Missing Movie Online

निर्देशनमा कमब्याक गर्दै विश्वकै कान्छा निर्देशक विष्ट

२०८१ कार्तिक ४
निर्देशनमा कमब्याक गर्दै विश्वकै कान्छा निर्देशक विष्ट

विश्वकै कान्छो चलचित्र निर्देशकका रुपमा गिनिज वल्र्ड रेकर्डमा नाम लेखाउन सफल सौगात विष्टले ६ वर्षपछि चलचित्र निर्देशनमा कमब्याक गर्ने भएका छन् ।

आइतबार सामाजिक सञ्जाल मार्फत सौगातको निर्देशन रहने छोटो चलचित्र ‘भुवा’ निर्माणको जानकारी दिइएको हो । सौगातले सामाजिक सञ्जालमार्फत पोष्टर सार्वजनिक गरेपनि थप विवरण भने केही खुलाइएको छैन ।

हप्ता दिन भित्रै छायाँकनमा जाने जनाइएको चलचित्र डान्स फिवरको ब्यानरमा बन्ने छ । बुझ्नमा आए अनुसार छोटो चलचित्रमा बाल कलाकारका रुपमा राष्ट्रिय पुरस्कार समेत जितेकी संगल बिष्टको लेखन रहने छ । चलचित्रको विषय वस्तु र अन्य कलाकारबारे केही दिनमा जानकारी दिने जनाइए पनि गजितको समेत अभिनय रहने बुझिएको छ ।

सन् २०१४ मा ७ वर्ष ३४० दिनको उमेरमा फिचर चलचित्र  ‘लभ यु बाबा’को सफल निर्देशन गरि सौगातले बिश्वकै कान्छा निर्देशकका रुपमा गिनिज बवल्र्ड रेकर्डमा आफ्नो नाम लेखाएका थिए । त्यसयता सन् २०१८ मा उनी निर्देशित चलचित्र ‘हैरान’ प्रदर्शनमा आएको थियो ।

यतिबेला सौगात १८ वर्ष पुगेका छन् । यो विचमा अध्ययनमा केन्द्रित सौगातले छिट्टै फिचर चलचित्र निर्देशन गर्ने र त्यसकै पूर्व तयारी स्वरुप यतिबेला छोटो चलचित्र गर्न लागेको बुझ्नमा आएको छ । दशै तिहारको छुट्टीलाई सदुपयोग गर्दै उनले यो चलचित्र निर्देशन गर्न लागेका हुन् ।

Jwai Sap
Aktor
Kumari Bank