Jwai Sap
Khusma

चलचित्र ‘कल्ली’मा सौगात मल्ल अनुबन्धित

२०८१ भाद्र ३१
चलचित्र ‘कल्ली’मा सौगात मल्ल अनुबन्धित

चलचित्र ‘कल्ली’मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् । लक्ष्मण सुनारको कथा तथा निर्देशन रहने चलचित्रमा सौगातको भूमिका कस्तो हुने भन्ने चाँही केही खुलाइएको छैन ।

रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने चलचित्रका प्रस्तुतकर्ता किरण नेपाली हुन । सुरज आचार्य निर्माण प्रमुख रहेको चलचित्रमा महेश दवाडीको पटकथा तथा संवाद रहेको छ । 

नयाँ वर्ष २०८२ को छेको पारेर चैत्रको २९ गतेबाट रिलिज हुने जनाइएको चलचित्र कर्णाली प्रदेशका विभिन्न रमणीय स्थानमा छायाँकन गर्ने निर्माण टिमको तयारी छ । चवलचित्रको छायाँकन तिहारपछि सुरु हुने जनाइएको छ ।

Devi
Rawayan