विकास बोर्डले गर्यो पटकथा संग्रहालयको सुरुवात
चलचित्र विकास बोर्डले पटकथा संग्रहालयको औपचारिक सुरुवात गरेको छ । प्रदर्शनमा आइसकेका चलचित्रको पटकथालाई समावेश गरिने संग्रहालयको बुधबार संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन् गरेका हुन् ।
बोर्डको आब्हानलाई स्वीकार्दै ७ चलचित्रका निर्माता तथा लेखकले संग्रहालयमा पटकथा बुझाएका छन् । बोर्डमा आयोजित एक् कार्यक्रमका बिच निर्माता तथा लेखकहरुले मन्त्री गुरुङलाई पटकथा हस्तान्तरण गरे भने उक्त पटकथा मन्त्री गुरुङले बोर्ड अध्यक्ष दिनेश डीसीलाई प्रदान गर्दै संग्राहलयको सुरुवात भएको घोषणा गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष डिसीले प्राप्त पटकथालाई डिजिटल अभिलेखको रुपमा सुरक्षित गरिने जनाए ।
कार्यक्रममा ‘बोक्सीको घर’, ‘अन्तराल’, ‘नाङ्गो गाउँ’, ‘दुई नम्बरी’, ‘चिसो मान्छे’, ‘कबड्डी ४’ र ‘छक्कापञ्जा ५’का प्रतिनिधीहरुले पटकथा हस्तान्तरण गरेका हुन् ।
Latest Updates
-
मंसिर १२ गते राष्ट्रिय चलचित्र पुरस्कार, सरकारी सञ्चारमाध्यममा चलचित्रको निशुल्क प्रचार !
-
बोर्डले दियो ७२ जनालाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र
-
चार दिनमा ‘ह्रस्व दीर्घ’को ग्रस कमाई ३ करोड ६५ लाख, ‘जपिँदैन हरि’ सार्वजनिक
New Releases (Kartik 30)
-
Hrashwo Deergha
Director : Chandra Panta
Casts : Harihar Adhikari, Neeta Dhungana, Bipana Thapa, Pradeep Rawat, Bramanandam
Next Releases (Mangshir 7)
-
Tel Visa
Director : Shankar Ghimire
Casts : Bipin Karki, Barsha Raut, Puja Chand, Richa Ghimire, Buddhi Tamang