सुनीलको स्क्रिप्ट ‘द गिफ्ट’ उत्कृष्ट
सुनिल गुरुङले लेखेको स्क्रिप्ट ‘द गिफ्ट’ प्रथम भएको छ । नेपाली सिनेमा स्क्रिप्ट राइटिङ कम्पिटिसनमा गुरुङको स्किृप्ट प्रथम भएको हो ।
युद्धकालमा आर्मी बन्न चाहने युवक र नर्सिङ पेशा रोज्ने युवतीबीचको प्रेमकथामा लेखिएको सो स्क्रिप्टले उपाधिसँगै नगद तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
ग्रिन हिल्स इन्टरटेनमेन्ट र न्यू नेपाली सिनेमाले मंगलबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरि बिजेता घोषणा गरेका हुन । प्रतिस्पर्धाका लागि १ सय ५० वटा स्क्रिप्ट प्राप्त भएको कार्यक्रममा जानकारी दिइयो ।
कार्यक्रममा फिल्म निर्माता छविराज ओझा, माधव वाग्ले, निर्देशक दिपेन्द्र के. खनाल लगायतको उपस्थिति रहेको थियो ।
नेपाली फिल्मको स्क्रिप्ट बलियो नहुने गुनासो र यथार्थतालाई मनन गरि प्रतियोगीता आयोजना गरिएको आयोजक मध्येका मनोज अधिकारीले बताएका छन् । उनले अघिल्ला प्रतियोगीतामा उत्कृष्ट ठहरिएका स्क्रिप्टमा ऋतु र दोष फिल्म बनीसकेको उल्लेख गर्दै ‘दि गिफ्ट’ पनि छिट्टै फिल्मका रुपमा दर्शकमाझ आउने बिश्वास ब्यक्त गरे ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
