‘सेन्टी भाइरस’ को दोस्रो गीत सार्वजनिक
चलचित्र ‘सेन्टी भाइरस’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको ‘आफ्नो पार्टी जिताइदे’ बोलको गीतमा हर्क साउदको शब्द, सुशान्त गौतमको संगीत र प्रमोद खरेल र विद्या मञ्जु तिवारीको स्वर रहेको छ । यो गीत केही दिन अगाडि मात्र चितवनमा निर्माणाधिन ‘अन्तर्राष्ट्रिय गौतम बुद्ध क्रिकेट रंगशाला’ मा छायांकन गरिएको हो ।
दीपक आचार्यको निर्देशन, चन्दन दत्तको सम्पादन, ज्ञानेन्द्र शर्माको छायांकन र एलिस राईको कोरियोग्राफी रहेको गीतमा कलाकारहरु विल्सन विक्रम राई, सन्दिप क्षेत्री, कुञ्जना घिमिरे, पुष्पा आचार्य, मधुसुदन पाठक, सञ्जु शाह र एलिस राईलगायत फिचर्ड छन् । भिडियोमा दुई फरक पार्टीका नेता तथा कार्यकर्ताबीचको घम्साघम्सी देखाइएको छ ।
सुबिहानी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र फागुन ९ गतेबाट प्रदर्शनमा आउने छ । चलचित्रमा शंकर थापा स्माइल, राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत छ । चलचित्रको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् भने सहनिर्माता फूर्पा लामा हुन् । कुमार कट्टेल र दीपक आचार्यको लेखन रहेको चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका छन् । चलचित्रको आम्दानीको ५० प्रतिशत चितवनमा निर्माण भइरहेको ‘क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने बताइएको छ ।
Latest Updates
-
गोरखाबाट चलचित्र ‘पहाड’को छायाङ्कन सुरु, आठ वर्षपछि निर्देशनमा फर्किए घिमिरे
-
चलचित्र ‘जुनाः एक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक
New Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev
Next Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora