निर्देशनमा कमब्याक गर्दै सविर, ‘रुखान’को घोषणा
निर्देशक सविर श्रेष्ठले ६ वर्ष पछि चलचित्र निर्देशनमा कमब्याक गर्ने भएका छन् । उनले कमब्याक गर्न लागेको चलचित्र ‘रुखान’को सोमबार घोषणा गरिएको छ । सामाजिक सञ्जाल एक पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरिएको हो ।
एआईको प्रयोग गरेर तयार पारिएको पोस्टरमा एक महिलालाई विद्रोही अवतारमा चित्रण गरिएको छ । पृष्ठभूमिमा आन्दोलन र त्यसको परिवेश देखिन्छ । सविन फिल्म्स, भिक्टोरी प्रोडक्शन हाउस र काइट्स इन्टरटेन्मेन्टको निर्माण रहने चलचित्रमा कलाकार सविन श्रेष्ठ कार्यकारी निर्माता र कृष्ण थापा (अष्ट्रेलिया) र सुरेश गुरुङ निर्माता रहेका छन् ।
नेपालीसँगै अंग्रेजी, हिन्दी र भोजपुरी गरी चारवटा भाषामा बन्न लागेको चलचित्रमा डाक्टर रुपक घिमिरेको कथा तथा अभिमन्यु निरवीको पटकथा तथा संवाद र अर्जुन पोखरेलले संगीत रहनेछ । चलचित्रका कलाकार तथा प्राबिधिकहरु भने रसार्वजनिक गरिएको छैन ।
Latest Updates
-
गोरखाबाट चलचित्र ‘पहाड’को छायाङ्कन सुरु, आठ वर्षपछि निर्देशनमा फर्किए घिमिरे
-
चलचित्र ‘जुनाः एक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक
New Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev
Next Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora