शिल्पाको के होला ? नतिजा उल्टेला वा फ्लपमा ह्याट्रिक !
अभिनेत्री शिल्पा मास्केको चर्चा जति भयो सफलता त्यति हुनै सकेन । एक हलिउड चलचित्रमा समेत काम गरेकी यि अभिनेत्रीले नेपालमा भने सफलताको स्वाद कस्तो हुन्छ चाख्नै पाएकी छैनन् ।
आजकल त धेरैले उनको करिअर पानी विनाको माछाझैँ छटपटिरहेको टिप्पणी गर्न थालेका छन् । अभिनयको प्रशंशा भएपनि सफल चलचित्रमा काम गर्ने अवसर शिल्पाले पाइनन् । गत वर्ष ३ हप्ताकै अन्तरमा उनी अभिनित दुई चलचित्र द ब्रेकअप र कागजपत्र प्रदर्शनमा आए । तर, दुबै चलचित्रले सफलता पाउन सकेनन् । शिल्पा अभिनित चलचित्र एकपछि अर्को फ्लप भएका छन् ।
शुक्रबारबाट शिल्पा अभिनित चलचित्र सानो मन प्रदर्शन हुँदैछ । यो फ्लप भएमा शिल्पाले फ्लपमा चलचित्र दिनेमा ह्याट्रिक गर्नेछिन् । त्यसैले यो चलचित्र प्रति उनको ठूलो भरोसा देखिन्छ । तर, युट्युबमा यो चलचित्रका गीतसंगीतले पाएको भ्यूज र चर्चाका आधारमा भन्ने हो भने शिल्पालाई नतिजा उल्टाउन हम्मे हम्मे पर्ने देखिन्छ, यद्यपी चलचित्र चलोस् । केही दिनमा थाहा हुनेछ शिल्पाले नतिजा उल्टाउछिन वा फ्लपमा ह्याट्रिक गर्छिन ।

Latest Updates
New Releases (Chaitra 1)
-
Rajagunj
Director : Deepak Rauniyar
Casts : Asha Magrati, Nikita Chandak, Dayahang Rai, Aarti Mandal, Reecha Sharma
Next Releases (Chaitra 8)
-
Draupadi
Director : Rishi Raj Acharya
Casts : Ashwini Shahi, Ravi Oad, Sujata Timalsina, Jlson Adhikari, Rishi Raj Acharya