अभिनेत्री शिल्पा पोखरेल पनि ‘ओशो सन्यासी’

२०८१ फागुन ८
अभिनेत्री शिल्पा पोखरेल पनि ‘ओशो सन्यासी’

अभिनेत्री शिल्पा पोखरेलले सन्यास लिएकी छिन । उनले काठमाडौंको नागार्जुनस्थित ओशो तपोवनमा आनन्द अरुणबाट ‘नवसन्न्यास दीक्षा’ ग्रहण गरेकी हुन् ।

‘ओशो सन्यासी’ बन्नु अघि उनले तपोवनमा १० दिनसम्म ध्यान गरेकी थिइन् । सन्यासी बनेसँगै उनले ‘माँ प्रेम हाँस्या’को नाम प्राप्त गरेकी छिन ।

अभिनेत्री तथा ओशो सन्यासी शोभिता सिंखडाले फेसबुकमार्फत शिल्पा ‘ओशो सन्यासी’ बनेको जानकारी सार्वजनिक गरेकी हुन् । उनले ‘ओशो परिवारमा स्वागत छ’ भन्दै सिल्पाका तस्वीर र भिडियो सार्वजनिक गरेकी हुन् । शिल्पा सेतो पहिरनमा देखिएकी छन् भने गलामा ओशोको तस्वीर अंकित लकेटसहितको माला छ । तस्वीरमा उनलाई खुसी भावमा देख्न सकिन्छ ।

हालै मात्र लामो समयदेखि चलिरहेको पूर्वपति छविराज ओझासँगको मानाचामलको मुद्दा किनारा लागेको थियो । उनले पूर्वपति ओझाबाट काठमाडौंको गौरीघाटमा रहेको ५ आनामा बनेको घर लिएकी छन् ।

Kumari Bank