सौगातलाई सुपरस्टार भन्दा शिब श्रेष्ठ असन्तुष्ट !

शिब श्रेष्ठ र सौगात मल्ल मध्ये एक नायकलाई सुपर स्टारका रुपमा छान्नु पर्यो भने कसलाई छान्नु हुन्छ ? तपाइले जसलाई छाने पनि चलचित्र ‘लप्पन छप्पन २’ले भने सौगात मल्ललाई सुपर स्टार भनेको छ । चलचित्रको ट्रेलरमा सौगात मल्ललाई सुपर स्टारको उपमा दिइएको छ भने शिब श्रेष्ठलाई कुनै उपमा छैन । यसैले होला शिब श्रेष्ठले घुमाउरो शैलीमा असन्तुष्टि ब्यक्त गरे ।
४० वर्ष देखि चलचित्र उद्योगमा निरन्तर सक्रिय शिब श्रेष्ठले पाकिस्तानी चलचित्रमा समेत सफलता पाएका छन् । एक्सन किंङको उपमा समेत पाएका शिब श्रेष्ठ चलचित्र क्षेत्रमा सौगात मल्ल भन्दा बढी नै योगदान दिएका नायक हुन् । यसैले होला उनले राजधानीमा आयोजित ‘लप्पन छप्पन २’को पत्रकार भेटघाट कार्यक्रममा घुमाउरो असन्तुष्टि ब्यक्त गरेको ।
शिबले यो चलचित्रमा अभिनय गरेका सबै सुपरस्टार भएको भएपनि आफु भने सामान्य कलाकार मात्रै भएको बताए । उनले आफु ४० वर्ष देखि चलचित्र क्षेत्रमा छु भन्दै अझै पनि धरै कुरा सिकिरहेको जनाए । उनले ‘लप्पन छप्पन २’बाट पनि धेरै कुरा सिक्न पाएको बताए ।
उनले पत्रकारसँग बोल्दै आफ्नो ४० वर्ष लामो अभिनय करियरमा पहिलो पटक फरक र चुनौती पुर्ण भुमिका निवार्ह गर्ने अवसर दिएकोमा निर्माण टिम र निर्देशक मुकुन्द भट्टलाई धन्यवाद दिए । अभिनेता शिव श्रेष्ठ पहिलो पटक खराव राजनितिज्ञको भुमिकामा प्रस्तुत भएका छन् । मुकुन्द भट्टको निर्देशनमा बनेको चलचित्र आगामी शुक्रबारबाट अर्थात् फागुन २० गतेबाट प्रदर्शन हुँदैछ ।

Latest Updates
-
‘वसन्त’को गीत ‘बिना स्वादैको’ म्युजिक ट्रेन्डिङको शिर्ष स्थानमा
-
‘मितज्यू’बाट चलचित्रमा डेब्यु गर्दै तेरिया, अभिनेतामा दयाहाङ
-
चलचित्र ‘राजागंज’को सेन्सर पास, सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट
-
-
-
काठमाडौंमा ‘अञ्जिला’को रेड कार्पेट प्रिमियर, निर्देशकको प्रसंसा
New Releases (Chaitra 1)
-
Rajagunj
Director : Deepak Rauniyar
Casts : Asha Magrati, Nikita Chandak, Dayahang Rai, Aarti Mandal, Reecha Sharma
Next Releases (Chaitra 8)
-
Draupadi
Director : Rishi Raj Acharya
Casts : Ashwini Shahi, Ravi Oad, Sujata Timalsina, Jlson Adhikari, Rishi Raj Acharya