शिवहरीको निर्देशनमा ‘लक्का जवान’ बन्ने

लेन्सनेपाल २०७६ आषाढ १६
शिवहरीको निर्देशनमा ‘लक्का जवान’ बन्ने

कलाकार शिवहरी पौडेलले चलचित्र निर्देशन गर्ने भएका छन् । उनको निर्देशनमा चलचित्र ‘लक्का जवान’ बन्ने घोषणा भएको छ ।

आमा बंगालमुखी फिल्म प्रोडक्सन प्रालिको व्यानरमा निर्माण हुने चलचित्र पारिवारिक तथा कमेडी जनराको हुनेछ । चलचित्रलाई बिरुद्ध पारिवारिक नेपाली कथानक चलचित्र भनिएको छ ।

केही हाँस्य सिरियल निर्देशन गरिसकेका पौडेलको यो डेब्यू निर्देशकिय चलचित्र हो । चलचित्रमा उनकै लेखन रहनेछ । ध्रुव पन्त र अनुसुया श्रेष्ठ पन्तको लगानी रहने चलचित्रमा सह–निर्माताका रुपमा किरण केसी, दिलिप रायमाझी र शिवहरि पौड्याल रहने छन् ।