सोविताको ‘वराङ्गना’ सार्वजनिक
अभिनेत्री सोविता सिंखडाको पहिलो उपन्यास ‘वराङ्गना’ सार्वजनिक गरिएको छ । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा पुर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, साहित्यकार नवराज सहित लेखक कि ८४ बर्ष नाघेकी हजुर आमा, पत्रकार बबिता बस्नेत, दलित आयोगका सिताराम घले परियारलगायतले उपन्यास बिमोचन गरेका हुन् ।
कार्यक्रममा पूर्वप्रम चन्दले सोविताको उपन्यसमा गाउँको परिवेश, समाजको भेदभाव र मानव द्धन्द्धका कारण सहज तरिकाले उतार्न सफल भएको बताए । त्यस्तै, पत्रकार तथा सहित्यकार नवराज लम्सालले सोविताको लेखन आफुले् साचेको भन्दा राम्रो रहेको बताएका छन् ।
यता लेखक सोविताले उपन्यासमा कथित उपल्लो र तल्लो जातिबीचको विभेद, प्रेम, सामाजिक कुरीति जस्ता विषयवस्तुहरुलाई केन्द्रमा राखिएको बताएकी छिन । सोविताले आफुले ३ वर्ष लगाएर उपन्यास लेखेको जनाएकी छिन । २३५ पृष्ठ लामो उपन्यासलाई बुलबुल पव्लीकेशनले प्रकाशन गरेको हो ।
केही चलचित्रमा अभिनय गरेकी सोविता सन् २०१२ पछि चलचित्रमा देखिएकी छैनन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
