साङ्गीतिक छोटो फिल्म 'कोठा' सार्वजनिक
साङ्गीतिक छोटो फिल्म 'कोठा' सार्वजनिक गरिएको छ । शनिवार काठमाडौँमा रहेको एभरेष्ट फिल्म एकेडेमीमा एक कार्यक्रमको आयोजना गरी छोटो फिल्म 'कोठा' सार्वजनिक गरिएको हो । आर्ट घरको निर्माणमा तयार भएको उक्त साङ्गीतिक छोटो फिल्मलाई भीष्म जोशीले तयार गरेका हुन् ।
जोशीको कथा तथा कन्सेप्टमा तयार साङ्गीतिक फिल्ममा काठमाडौँमा डेरा गरेर भविष्य खोजिरहेको युवा र युवाको मनोविज्ञानलाई प्रस्तुत गरिएको छ ।
सपना पोका बोकेर काठमाडौँ छिरेको ग्रामीण ठिटो र उसका भोगाई फिल्ममा देख्न सकिन्छ । निर्देशक जोशीले सहरमा भविष्य खोजिरहँदा गाउँमै छुटेका अतीतहरू अनि सहरमा भेटिएका र देखिएका रहरहरूको संयोजनलाई फिल्ममार्फत देखाएका छन् ।
पछिल्लो समयका चर्चित गायक सङ्गीतकार प्रशान्त सिवाकोटीको आवाज तथा उनैको सङ्गीतमा सार्वजनिक 'कोठा'मा आधुनिक र लोक दुवै लय सुन्न सकिन्छ । सङ्गीतकार सिवाकोटीले गीतमा देउडा भाकालाई पनि स्थान दिएका छन् । उनी आफैले गीत सार्वजनिक कार्यक्रममा भने, 'आफू झापाली भएर पनि सुदूरपश्चिमको देउडा भाका कोठा मार्फत गाउने प्रयास गरेको छु, विश्वास छ सबैले हाम्रो नयाँ साङ्गीतिक कोसेलीलाई माया गरिदिनुहुनेछ।'
साङ्गीतिक फिल्म सार्वजनिक कार्यक्रममा निर्देशक जोशीले गीतलाई गाउँबाट सहर आए पछिका आफ्नै भोगाइ र अनुभूतिहरूलाई सँगालेर 'कोठा' तयार गरेको बताए । उनले धेरै नेपाली दर्शक तथा श्रोताहरूलाई साङ्गीतिक फिल्मले छुनेमा पनि आफू विश्वस्त रहेको बताए ।
नव–कलाकार प्रवीणकुमार पाण्डेको मुख्य अभिनय रहेको यस साङ्गीतिक फिल्ममा सबि थापा, सरोज खड्का, कल्पना साही र शीतल पाण्डेको अभिनय रहेको छ । यसै गरी सन्तोष बिस्ट, सृष्टि एैर, सागर भुसाल र अनिल दाहालको पनि अभिनय रहेको छ ।
सरोज श्रेष्ठको छायाङ्कन, रिदेन श्रेष्ठ र धिरज अधिकारीको सम्पादन रहेको यस साङ्गीतिक फिल्ममा निर्देशक जोशी र कवि देव व्रतको शब्द सुन्न सकिन्छ । निर्देशक जोशीले यसअघि आर्ट घरबाटै 'समय र उमेर' सार्वजनिक गरेका थिए भने उनी नेपाली चलचित्र तथा रङ्गमञ्चका सक्रिय र उम्दा कलाकारसमेत हुन् ।
Latest Updates
-
चलचित्र विकास बोर्डद्वारा चलचित्र विषय अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान
-
चलचित्रको लागि सेन्सर बोर्ड नै अन्तिम निकाय हुनुपर्छ - पूर्व मन्त्री झाक्रीले भनिन्
-
चलचित्र ‘माया प्रीति’को मुख्य भूमिकामा दिव्या रायमाझी अनुबन्ध
New Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev
Next Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora