चलचित्र ‘सिल्ली फो’को पहिलो गीत सार्वजनिक
चलचित्र ‘सिल्ली फो’को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘ए दिल तँ बोल’ बोलको गीतमा दिनेश सुवेदीको शब्द, पुरुषोत्तम न्यौपानेको संगीत र रचना रिमाल र पुरुषोत्तम न्यौपानेको स्वर छ । शिव विकले कोरियोग्राफी गरेको गीतको भिडियोमा केकी अधिकारी, धिरेन शाक्य, रवीन्द्र झा, राजाराम पौडेल लगायत फिचर्ड छन् ।
असार ३१ गतेबाट प्रदर्शनमा आउने चलचित्रलाई राज बहादुर सानेले निर्देशन गरेका हुन् । चलचित्रमा दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापा, पुर्णचन्द्र पोखरेल (मामाजी), अनिता श्रेष्ठ, सरस्वती रम्जाली मगर, रेजिना थापा, राज गौतम (केशव), अम्बर बहादुर विष्ट (सागर), सौजन बोहोरा जयमन बिश्वकर्मालगायतको अभिनय छ । मनोज डिके निर्माता रहेको चलचित्रका सहनिर्माता विशाल श्रेष्ठ हुन् ।
चार जना फटाह पात्रको कथामा बनेको चलचित्रमा दिव्य सुवेदी, वीरेन्द्र परियार, नरेन्द्र आलेको छायांकन, देव महर्जनको द्वन्द्व, शिव विकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको संगीत, तारा थापा ‘किम्भे’को सम्पादन, अनन्त घिमिरेको कलर र मदन बास्तोलाको भीएफएक्स छ । चलचित्रलाई श्रीराम बालाजी फिल्मसले वितरण गर्दैछ भने डिजिटल राइट्स साइराम पिक्चर्सले खरिद गरेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
