बलिउडका चर्चित गायक कुमार सानु नेपालमा

लोकप्रिय गायक कुमार सानु नेपाल आएका छन् । शुक्रवार बुटबलमा आयोजना हुने आफ्नो एकल गायन कार्यक्रम ‘कुमार सानु लाइभ इन लुम्बिनी’मा सहभागिता जनाउन उनी बुधबार राती काठमाडौं आइपुगेका हुन । कुमार सानु आज भैरहवा हुँदै बुटवलतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।
कुमार सानुलाई काठमाडौंमा कलाकारद्वय निर्मल शर्मा, अनुरागमान सिंह कुँवर, बरिष्ठ संगीतकार शम्भुजित बासकोटालगायतले स्वागत गरेका थिए ।
बलिउडका सयौं चलचित्रका गीतमा स्वर दिएका गायक कुमार सानुले हिन्दी, नेपाली, बंगालीसहित विभिन्न भाषाका हजारौं गीतमा स्वर प्रदान गरिसकेका छन् । यसअघि काठमाडौंमा आयोजना भएको एकल गायन कार्यक्रममा प्रस्तुत भइसकेका गायक कुमार सानु लुम्बिनीमा पहिलो पटक प्रस्तुत हुन लागेका हुन् ।
उनले केही नेपाली चलचित्रका कालजयी गीतहरुमा आफ्नो कर्णप्रिय स्वर दिएका छन् । शुक्रवारको कार्यक्रममा कुमार सानुले नेपाली तथा हिन्दी गरी झण्डै ३० वटा लोकप्रिय गीत गाउने कार्यक्रम छ । गायक सानुले लाइभ ब्याण्डसहित आफ्नो प्रस्तुती दिने छन् । कार्यक्रममा कुमार सानुका साथै नेपालकै लोकप्रिय गायिका देविका प्रधानले पनि आफ्ना दुई हिन्दी गीतसहित कुमार सानुसँग गाएका नेपाली गीतहरु गाउँने जनाइएको छ । कार्यक्रमलाई दिनेश डिसीले सञ्चालन गर्नेछन् ।
कुमार सानुले कुन–कुन नेपाली चलचित्रमा गीत गाएका छन्, जान्नका लागि यहाँ क्लीक गर्नुहोस् ।




Latest Updates
-
-
-
‘फेरि रेशम फिलिली’ सिक्वेलका रुपमा दर्शकलाई धोका नहुने निर्देशक निरोजको दाबी
-
सेन्सर पास भयो ‘ताण्डवम्’, हटाइयो १० मिनेटको हिंसात्मक दृश्य
-
‘माग्ने राजा’मा विल्सन विक्रमको इन्ट्री, ७ वर्षपछि केदारसँग सहकार्य
-
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri