Mansara

चलचित्र ‘सोच’को ‘तिमीले मलाई साहारा’ सार्वजनिक

२०७६ श्रावन २३
चलचित्र ‘सोच’को ‘तिमीले मलाई साहारा’ सार्वजनिक

चलचित्र ‘सोच’को ‘तिमीले मलाई साहारा’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शंकर अधिकारी घायलको शब्द, योगेश काजी, जुनु गौतम र सुनीता थेगिङको स्वर र डिजे एलएक्सको संगीत छ ।

पुजन सिंह (प्रभाकर प्रकाश)को निर्देशन रहेको चलचित्रमा नीता ढुंगाना, प्रज्वल गिरी, पूजन सिंह, बिशाल पहाडी, सोनिका, किरण थापा, रितेश श्रेष्ठ, उत्तम केसीलगायतका कलाकारको अभिनय रहेको छ । सोच फिल्मस् प्रोडक्शन एण्ड डिस्ट्रिब्युटर्सको ब्यानरमा निर्माण भएको चलचित्र भदौ २० गतेबाट प्रदर्शन हुनेछ ।

गंगारजक प्रकाश र एस.डी निर्माता रहेको चलचित्रमा बिदुर पाण्डेको छायाँकन, कृष्ण आचार्यको पटकथा, सम्वाद, एनबि महर्जनको द्धन्द्ध निर्देशन, रामजी लामीछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी र प्रितम पाण्डेको सम्पादन छ ।

Mahajatra