‘बुलबुल’, ‘गोपी’ र ‘कथा ७२’लाई ‘बिशेष चलचित्र पुरस्कार’

चलचित्र विकास बोर्डले यस वर्षको ‘बिशेष चलचित्र पुरस्कार’ ३ चलचित्रलाई प्रदान गरेको छ । बोर्डको १९ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमका बिच उक्त पुरस्कार प्रदान गरिएको हो ।
यसवर्ष बिनोद पौडेल निर्देशित ‘बुलबुल’, दिपेन्द्र लामा निर्देशित ‘गोपी’ र प्रविण स्याङ्गबो निर्देशित चलचित्र ‘कथा ७२’लाई विशेष चलचित्र पुरस्कार प्रदान गरिएको छ । तीनवटै चलचित्रले २/२ लाख रुपैयाँ आर्थिक सहयोग पाउनेछन् । बोर्ड सदस्य दयाराम दाहालको संयोजकत्वमा रहेको निर्णायक समितिले उक्त चलचित्रको छनौट गरेको हो ।
गएका वर्षहरुमा दुई चलचित्रलाई प्रदान गरिदै आएको भएपनि यसपटक कार्यबिधी नै संशोधन गरेर ३ चलचित्रलाई उक्त पुरस्कार प्रदान गरिएको बुझिएको छ ।

Latest Updates
New Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel
Next Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi