६ शहरमा सुगम पोखरेलको कन्सर्ट

लेन्सनेपाल २०७६ आषाढ २०
६ शहरमा सुगम पोखरेलको कन्सर्ट

गायक सुगम पोखरेलको '1 एमबी फेरी त्यो दिन' नेपाल टुर हुने भएको छ । देशका ७ स्थानमा आयोजना हुन लागेको कार्यक्रम सुगमको पहिलो इन्डोर कन्सर्ट हुनेछ ।

जुलाई १२ मा पोखराबाट शुरु हुने कन्सर्ट, बुटवल, नारायणगढ, इटहरी, धरान हुँदै जुलाई २६ मा काठमाडौँ सकिने छ ।

कन्सर्टमा गायक पोखरेलले आफ्ना दर्जन बढी नयाँ तथा पुराना गीतहरु प्रस्तुत गर्ने छन् । फेम नेपालले कार्यक्रमको आयोजना गरेको हो ।