‘नाङ्गो गाउँ’को दोस्रो गीत ‘सुन सुन सुन्दरी’ सार्वजनिक

भदौ २९ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘नाङ्गो गाउँ’को दोस्रो गीत ‘सुन सुन सुन्दरी’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा सुष्मा सिग्देलको शब्द, सुशान्त गौतमको संगीत र अञ्जु पन्त र एसडी योगीको स्वर छ । रामजी लामिछानेको नृत्य निर्देशन रहेको गीतमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर रोमान्टिक अवतारमा प्रस्तुत छन् ।
दीपेन्द्र लामाद्वारा निर्देशित चलचित्रमा शिशिर वाङ्देल, साम्राज्ञी आरएल शाह, कार्म, वुद्दि तामाङ, रविन्द्र झा, विशाल पहारी, कमलमणि नेपाल, अंकित खड्का, पुष्कर गुरुङको पनि अभिनय रहेको छ । एसडी योगी र दीपक शर्माको संगीत रहेको चलचित्रमा आलोक शुक्लाको छायांकन र बनिष शाहको सम्पादन छ । दीपेन्द्र लामा स्वयंको कथा, पटकथा र संवाद लेखन रहेको चलचित्रका निर्माता जय श्रेष्ठ, प्रस्तुतकर्ता हिमाल कडरिया (शर्मा) र कार्यकारी निर्माता रामहरि श्रेष्ठ हुन् ।
राजनीति विषयमा केन्द्रित ‘नाङ्गो गाउँ’ पछिल्लो समयको आशातित चलचित्र हो ।
Latest Updates
New Releases (Chaitra 29)
-
Pitambar
Director : Krisha Chaulagain
Casts : Pradeep Khadka, Dayahang Rai, Saugat Malla, Aaryan Sigdel, Anoop Bikram Shahi