युकेमा बन्यो सर्ट मुभि ‘शून्य’, ध्रुब दत्तको अभिनय

अभिनेता ध्रुब दत्तको अभिनय रहेको सर्ट मुभि ‘शून्य’ तयार भएको छ । छिट्टै सार्वजनिक गरिने जनाइएको सर्ट मुभिको प्रोमो सार्वजनिक गरिएको छ ।
कोभिड १९ का कारण नेपालमा रहेको परिवारमा बिपत्ति आउदा पनि युकेमा रहेको छोरा स्वदेश फर्कन नसकेको विषयलाई ‘शून्य’मा प्रस्तुत मुभिमा देखाइएको छ ।
कोभिड १९ को प्रकोपका कारण हाल विश्वका बिभिन्न स्थानमा रहेका नेपालीहरु यस्तै समस्या भोग्न बाध्य छन् । निर्माण टिमले युकेमा रहेका युवालाई प्रतिनिधी पात्रका रुपमा प्रस्तुत गरेको छ ।
झण्डै १० मिनेट लामो सर्ट मुभिमा एक मात्र पात्रलाई प्रस्तुत गरिएको छ । हाल युकेमा रहदै आएका नेपालीहरुले यो सर्ट मुभि तयार पारेका हुन् । भिजन संसारको प्रस्तुतीमा डीडी ईन्टरटेन्टमेन्टले सर्ट मुभि बनाएको हो ।
सर्ट मुभिमा गोपी सापकोटाको कथा, शन्त कुमार राईको छायाँकन, सनम कुमार बैरागको लेखन, सम्पादन र निर्देशक र कृष्ण बहादुर लाम्गादेको लगानी रहेको छ ।

Latest Updates
-
-
काठमाडौंमा ‘अञ्जिला’को रेड कार्पेट प्रिमियर, निर्देशकको प्रसंसा
-
कर्णालीलाई चलचित्रबाट चिनाउन सद्भावना दूत बन्न तयार प्रदिप खड्का
-
-
-
New Releases (Falgun 23)
-
Hostel 3
Director : Sashan Kandel
Casts : Paras Bam Thakuri, Ryhaan Giri, Sama Parajuli, Ashish Ghimire, Simran Pant
Next Releases (Falgun 29)
-
Anjila
Director : Milan Chams
Casts : Anjila Tumbapo Subba, Dayahang Rai, Shrijana Subba, Maotse Gurung, Bijay Baral