सेन्सर पास भयो ‘ताण्डवम्’, हटाइयो १० मिनेटको हिंसात्मक दृश्य

चलचित्र ‘ताण्डवम्’ले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट प्रदर्शन अनुमति पाएको छ । अत्याधिक हिंसात्मक दृश्य रहेको भन्दै सेन्सरमा रोकिएको चलचित्रको १० मिनेटको हिंसात्मक दृश्य काटिएको जनाइएको छ ।
उक्त दृष्य हटाएपछि बिहीबार पुनः चलचित्रको सेन्सर भएको थियो । सेन्सर पछि बोर्डले पिजी सर्टिफिकेट दिँदै रिलिजका लागि बाटो खुला गरिदिएको हो । अब यो चलचित्र १६ वर्षमुनिका बालबालिकाले अभिभावकको साथमा हेर्नुपर्नेछ ।
चलचित्रका निर्देशक तथा अभिनेता जुनिम गहतराजले कथाको मर्म नमर्ने गरि हिंसात्मक दृश्य काटिएको बताए । पहिलो पटक सेन्सर गर्न लैजाँदा २ घण्टा ६ मिनेट रनटाइम रहेको चलचित्र अब १ घण्टा ५६ मिनेटमा सीमित भएको छ ।
भोलि शुक्रबार अर्थात् फागुन ९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा जुनिमसहित पुष्कर गुरुङ, प्रेम सुब्बा, अंकित खड्का, सरिना मगर, अनोज पाण्डे, कमल कार्की, गोपाल कटुवाल लगायतको अभिनय रहेको छ । चलचित्रको कथा एक नवविवाहित जोडी पहिलो सन्तानको स्वागतको तयारीमा रहँदा उनीहरूको जीवनमा घट्ने अकल्पनीय घटनाले निम्त्याउने उतारचढावमा केन्द्रित छ ।




Latest Updates
-
-
-
‘फेरि रेशम फिलिली’ सिक्वेलका रुपमा दर्शकलाई धोका नहुने निर्देशक निरोजको दाबी
-
‘माग्ने राजा’मा विल्सन विक्रमको इन्ट्री, ७ वर्षपछि केदारसँग सहकार्य
-
-
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri