Khusma
Devi
Rawayan

मंसिर ७ मा ‘तेल भिसा’, दोहोरो भूमिकामा बिपिन

२०८१ आषाढ ३१
मंसिर ७ मा ‘तेल भिसा’, दोहोरो भूमिकामा बिपिन

चलचित्र ‘तेल भिसा’को फष्टलुक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति परिवर्तन भएको घोषणा गरिएको छ । यसअघि भदौ २९ गते रिलिज हुने भनिएको चलचित्र अब मंसिर ७ गतेबाट प्रदर्शनमा आउने छ । चलचित्रको लागि उपयुक्त मिति मंसिर ७ गते लागेर नै यो मितिमा ‘तेल भिसा’ रिलिज घोषणा गरिएको निर्देशक शंकर घिमिरेले बताएका छन् ।

पहिलो चरण अन्र्तगत केही समय अघि अमेरिकामा छायाँकन भएको चलचित्रको दोस्रो चरणको छायाँकन आजबाट चितवनमा शुरु भएको छ । चलचित्रको सार्वजनिक पोस्टरमा अभिनेता विपिन कार्कीलाई दोहोरो भुमिकामा प्रस्तुत गरिएको छ । उनलाई जवान र बृद्ध गरी दुई फरक लुक्समा देखिएको छ । पोस्टरमा अभिनेत्री वर्षा राउत, ऋचा घिमिरे र पुजा लामाका साथमा केही विदेशी कलाकारलाई देख्न सकिन्छ । चलचित्रमा बुद्धि तामाङको पनि मुख्य भुमिका रहेको छ ।

वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुती रहेको चलचित्रमा अनिश पाण्डे र शिवराज कार्कीको लगानी रहेको छ । प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको चलचित्रमा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत र अजय खड्काको सम्पादन रहनेछ ।