चलचित्र ‘तेल भिसा’को ट्रेलर सार्वजनिक

चलचित्र ‘तेल भिसा’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा छोराको सन्तान हुन लागेपछि नेपालदेखि अमेरिका पुगेकी एक सासूको जीवनमा आइपर्ने उतार चढावको कथा देखाइएको छ ।
चलचित्र विपिन दोहोरो भूमिकामा छन् । एकातिर उनी नेपालमा रहेका पिताको रोलमा छन् भने अर्कोतिर अमेरिकामा रहेका छोराको भूमिकामा । आमा अर्थात् सासूको भूमिकामा पूजा चन्द र बुहारीको भूमिकामा बर्षा राउतले अभिनय गरेका छन् ।
मंसिर ७ गते प्रदर्शनमा आउने चलचित्रको ट्रेलरमा चलचित्रका अधिकांश कलाकारलाई फिचर्ड गरिएको छ । शंकर घिमिरेको लेखन तथा निर्देशन रहेको चलचित्रमा ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरुको समेत अभिनय रहेको छ ।
अनिल पाण्डे र शिवराज कार्कीको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता प्रिन्स युवराज कार्की र श्रुती दाहाल हुन् । वेलडन क्रियसनको ब्यानरमा निर्माण भएको चलचित्रकी प्रस्तुतकर्ता ऋचा घिमिरे हुन् । चलचित्रमा सुशन प्रजापतिको छायांकन छ ।

Latest Updates
New Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi
Next Releases (Chaitra 29)
-
Pitambar
Director : Krisha Chaulagain
Casts : Pradeep Khadka, Dayahang Rai, Saugat Malla, Aaryan Sigdel, Anoop Bikram Shahi