चार व्यक्तिले एकसाथ निर्देशन गर्दै चलचित्र ‘द डार्क एण्ड लाइट’

खालिङ सिस्टर्स मुभिज प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रलाई चार व्यक्तीले संयुक्त रुपमा निर्देशन गर्ने भएका छन् । राजु अर्याल, पिटर खालिङ, सरस्वती लामा तथा केशवराज भट्ट निर्देशकका रुपमा रहेका छन् । जसमा राजुलाई मुख्य निर्देशक भनिएको छ । समारोहमा चार जनै निर्देशकले क्यामरा पुजा गरे भने वरिष्ठ गीतकार राजेन्द्र थापाले नविरल फुटाएर शुभुमुहर्त भएको घोषणा गरेका थिए ।
वृद्धाश्रममा आश्रित वृद्ध–वद्धाहरुलाई खाना खुवाउने उदेश्यले गरिएको शुभमुहुर्त समारोहमा चलचित्रर्की अभिनेत्री समेत रहेकी निर्देशक सरस्वती लामा तथा गायक डेविड शंकरले गीत समेत गाएका थिए । उक्त गीतमा राजेन्द्र थापाका शब्द तथा दीपक शर्माको संगीत रहेको छ ।
चलचित्रमा पिटर खालिङ र सरस्वती लामाका अलवा सेसुका राई, सुमन मगर, प्रिन्सा राई लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । आज बाटै छायाँकन थालिएको चलचित्रमा कुमार महर्जनको द्वन्द्व, सविन भट्टराईको छायाँकन र पिटर खालिङको कथा, पटकथा तथा संवाद रहने छ ।
Latest Updates
New Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi
Next Releases (Chaitra 29)
-
Pitambar
Director : Krisha Chaulagain
Casts : Pradeep Khadka, Dayahang Rai, Saugat Malla, Aaryan Sigdel, Anoop Bikram Shahi