Mahajatra

‘दि कर्मा’को प्रदर्शन मिति परिवर्तन, अब माघ ४ मा प्रदर्शन हुने

२०७५ मंसिर ३
‘दि कर्मा’को प्रदर्शन मिति परिवर्तन, अब माघ ४ मा प्रदर्शन हुने

यसअघि मंसिर ७ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘दि कर्मा’को प्रदर्शन मिति परिवर्तन भएको छ । यो चलचित्र अब माघ ४ गतेबाट सार्वजनिक प्रदर्शन हुने भएको छ ।

नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनालाई मुख्य विषय वस्तु बनाएर निर्माण गरिएको चलचित्रलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । जय मिडिया म्यानेजमेन्ट प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्रलाई जयराज राय र निशा खतिवडाले निर्माण गरेका हुन ।

चलचित्रमा भारतीय मोडल तथा कलाकार करण बर्मा, निता ढुंगाना, परमिता आरएल राणा, बुद्धि तामाङ, अनुप सक्सेना, संगीता नापित, देव कुमार श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा जयराज रायको कथा, सुशिल पोखरेलको पटकथा तथा संवाद र रामेश्वर कार्कीको छायाँकन रहेको छ ।