चलचित्र दि कर्माको गीत रिलिज
चलचित्र दि कर्माको गीत सार्वजनिक भएको छ । जवानीको बजार लाग्या छ... बोलको गीतको भिडियोमा अभिनेत्री नीता ढुंगानासँग नायक करण वर्माले नृत्य गरेका छन् । गीतको भिडियोमा नायिका पारामिता राज्यलक्ष्मी राणा, बुद्दि तामाङ्ग, देव कुमार श्रेष्ठलगायत पनि देखिएका छन् ।
मनिषा पोखरेलको स्वर रहेको गीतमा कोशिस क्षेत्रीको शब्द तथा संगीत रहेको छ । गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन ।
मंसिर ७ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्रलाई देव कुमार श्रेष्ठको निर्देशन गरेका हुन भने जय राज रायले निर्माण गरेको हुन । चलचित्रले नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटना हरुलाई देखाएको बताइएको छ । चलचित्रमा रामेश्वर कार्कीको छायाँकन र अष्ट महर्जनको द्वन्द्व छ । निशा खतिवडा निर्माता रहेको चलचित्र जय मिडिया म्यानेजमेन्ट प्रा.लि.को ब्यानरमा बनेको हो । चलचित्रको कथा निर्माता राय आँफैले लेखेका हुन् भने शुशील पोखरेलको पटकथा र समबाद रहेको छ ।
काठमाडौंमा काफिया फिल्मस् र उपत्यका बाहिर बैङकेटेश ईन्टरटेन्मेन्टले चलचित्रको बितरण गर्दैछ ।
Latest Updates
-
गोरखाबाट चलचित्र ‘पहाड’को छायाङ्कन सुरु, आठ वर्षपछि निर्देशनमा फर्किए घिमिरे
-
चलचित्र ‘जुनाः एक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक
New Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev
Next Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora