Mansara

‘द म्यान फ्रम काठमाडौं’को दोस्रो गीत सार्वजनिक

२०७५ फागुन ६
‘द म्यान फ्रम काठमाडौं’को दोस्रो गीत सार्वजनिक

चलचित्र ‘द म्यान फ्रम काठमाडौं’को दोस्रो गीत सार्वजनिक गरिएको छ । भिडियो साझेदारी सञ्जाल युट्युबबाट सार्वजनिक गरिएको ‘किच किचे माया’ बोलको गीतमा सुजेन्द्र डि कार्कीको शब्द तथा संगीत रहेको र चन्दन ध्वोज केसीको स्वर छ । गीतमा कर्मा शाक्य र आना शर्मालाई फिचर्ड गरिएको छ भने सविन शाक्यको कोरियोग्राफी रहेको छ । गीतको भिडियोलाई रेनेशा वान्तवा राईले निर्देशन गरेकी हुन् ।

पेमा धोन्डुपको निर्देशन रहेको चलचित्र नेपाल र अमेरिकामा खिचिएको हो । निर्देशक पेमा सहित नकिम उद्दिनले चलचित्र निर्माण गरेका हुन् । एक्सन लभस्टोरी जनरामा निर्माण भएको चलचित्रमा जोसे मानुइल, भारतिय कलाकार गुल्सन ग्रोबर, पाकिस्तानी कलाकार हमिद शेखसँगै नेपाली कलाकार नीर शाह, कर्मा शाक्य, मिथिला शर्मा, आना शर्मा, शिशिर बाङ्देल, सुनिता ठाकुर, परमिता आर एल राणालगायतका कलाकारको अभिनय रहेको छ ।

चैत्र १ गतेबाट रिलिज हुने चलचित्रमा कार्लोस मेडिनाको छायाँकन रहेको छ । 

Mahajatra