अमेरिकाबाट गरियो द म्यान फ्रम काठमाण्डूको फष्टलुक सहित ट्रेलर रिलिज
चलचित्र ‘द म्यान फ्रम काठमाण्डू’को अफिसियल ट्रेलर र पोस्टर सार्वजनिक गरिएको छ । अमेरिकाको सिकागोमा आइतबार आयोजित ‘नेपाली नेसनल कन्भेन्सन २०१८’मा ट्रेलर र पोस्टर सार्वजनिक गरिएको हो ।
चलचित्रको छायाँकन अमेरिकाको लसएन्जल्ससहित काठमाडौंमा गरिएको थियो । थिम पोतिएको पोस्टरमा चलचित्रका एक मुख्य पात्रको अनुहारलाई मुकुन्डोले छोपिएको छ । पृष्ठभूमिमा नेपाली ऐतिहासिक सम्पदा देख्न सकिन्छ । फिल्मका निर्माता नकिम उद्दिनले हलिउड, बलिउड र नेपालमा एकैसाथ फिल्म रिलिज गर्ने तयारीमा आफूहरु जुटेको बताए । उद्दिन अहिले अमेरिकामा छन् ।
ल्मका निर्देशक पेमा धोन्डुप हुन् । उनी निर्देशित चलचित्र ‘वी आर नो मंक्स’ ९२००४० ले सुखद समिक्षा पाएको थियो । तिब्बती शरणार्थी अभिभावकको रुपमा जोमसोममा हुर्किएका पेमाले त्यहाँ छँदै आफूमा कथाको विकास भएको बताए । चलचित्रले अतिवादी सोच भएको एक हिन्दु–मुस्लिम युवकको मनोवैज्ञानिक र भौतिक यात्राको कथा भन्छ ।
‘सीएनएनमा एउटा आर्टिकल पढेपछि कथा जन्मिएको हो । यसबारे दुईवर्ष रिसर्च गरेँ । अनि त्यसमा नेपाली कला, संस्कृतिलाई मिश्रण गरेर फिल्मको कथा बुनिएको हो’ धोन्डुपले भने । चलचित्रमा अमेरिकी अभिनेता जोसे म्यानुअल, बलिउड अभिनेता गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेख सहित नेपालका अधिकाँश चर्चित कलाकार छन् । चलचित्रले नेपाली कलाकारहरु नीर शाह, मिथिला शर्मा, कर्म, आना शर्मा, शिशिर बाङ्देल, आमिर गौतम, पुस्कर गुरुङ र पारमिता राणा पनि देखिएकी छिन् ।

Latest Updates
-
‘वसन्त’को गीत ‘बिना स्वादैको’ म्युजिक ट्रेन्डिङको शिर्ष स्थानमा
-
‘मितज्यू’बाट चलचित्रमा डेब्यु गर्दै तेरिया, अभिनेतामा दयाहाङ
-
चलचित्र ‘राजागंज’को सेन्सर पास, सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट
-
-
-
काठमाडौंमा ‘अञ्जिला’को रेड कार्पेट प्रिमियर, निर्देशकको प्रसंसा
New Releases (Chaitra 1)
-
Rajagunj
Director : Deepak Rauniyar
Casts : Asha Magrati, Nikita Chandak, Dayahang Rai, Aarti Mandal, Reecha Sharma
Next Releases (Chaitra 8)
-
Draupadi
Director : Rishi Raj Acharya
Casts : Ashwini Shahi, Ravi Oad, Sujata Timalsina, Jlson Adhikari, Rishi Raj Acharya