चलचित्र ‘द आउटल’को जापान अधिकार विक्री
चलचित्र ‘द आउटलः दफा २१९’को जापान अधिकार विक्री भएको निर्माणपक्षले जानकारी दिएको छ । यूएनए इन्टरटेन्मेन्टले चलचित्रको जापान अधिकार खरिद गरेको हो । कम्पनीका प्रमुख उज्ज्वल गुरागाँइले चलचित्रको टिजर सार्वजनिक भएपछि दर्शकमा उत्साह बढेको बताए । यसैले, आफ्नो कम्पनीले जापान अधिकार खरिद गरेको उनको भनाई छ ।
चलचित्र ‘द आउटलः दफा २१९’को कथावस्तु केही पनि खुलेको छैन । तर, सुशिल श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला लगायतका कलाकारले अभिनय गरेको चलचित्रबाट दर्शकले उच्च अपेक्षा गरेका छन् ।
असोजको ३ गते संविधान दिवसको अवसर पारेर रिलिज हुन लागेको चलचित्रलाई विक्की महर्जनले निर्देशन गरेका हुन् । अमित अग्रहरि निर्माता रहेको चलचित्रलाई साहिल खानले सम्पादन गरेका हुन् ।
Latest Updates
-
अमेरिकाका २० भन्दा बढी राज्यमा प्रदर्शन हुँदै ‘बेहुली फ्रम मेघौली’
-
चलचित्र ‘ह्रस्व दीर्घ’ नेपाल पनि नेपाली हिन्दी भाषामा रिलिज हुने
New Releases (Ashwin 24)
-
Jwai Saab
Director : Basanta Niraula
Casts : Jitu Nepal, Niti Shah, Himesh Panta, Buddhi Tamang, Ramesh Budhathoki -
12 Gaun
Director : Biraj Bhatta
Casts : Biraj Bhatta, Samir Bhatta, Sonu Chandrapal, Muralidhar, Sanisha Bhattarai -
Chhakka Panja 5
Director : Deepa Shree Niraula
Casts : Deepak Raj Giri, Kedar Ghimire, Barsha Shiwakoti, Prakash Ghimire, Rajaram Poudyal
Next Releases (Kartik 30)
-
Missing: Keti Harayeko Suchana
Director : Deependra Gauchan
Casts : Shristi Shrestha, Najir Hussain, Durga Sanjay Gupta, Ram Narayan Thakur, Madan Thakur