चलचित्र ‘द रेड सुटकेस’को ट्रेलर रिलिज
चलचित्र ‘द रेड सुटकेस’को ट्रेलर रिलिज गरिएको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनका बिच ट्रेलर रिलिज गरिएको हो ।
म्यास्टिक रियालिटी जनरामा निर्माण गरिएको चलचित्रको ट्रेलर एउटा रातो सुटकेशको वरिपरी घुमेको छ । फिडेल देवकोटाको निर्देशन रहेको चलचित्रमा उनकै लेखन छ । चलचित्रमा सौगात मल्ल, विपीन कार्की, प्रविण खतिवडा, सृष्टि श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ । निर्देशक फिडेलले मिथक शैलीमा नेपालको आप्रवासी परम्परा र नियतिलाई पृष्ठभूमिमा राखेर चलचित्रको कथा तयार गरेको बताएका छन् ।
श्रीलँका र भातरमा प्राविधिक कार्य गरिएको चलचित्रमा सुसन प्रजापतिको छायाँकन र श्रीलंकामा समन अलभितिगाको सम्पादन छ । गत वर्षको सेप्टेम्बरमा भेनिसमा वल्र्ड प्रिमियर भएको चलचित्र बिभिन्न फेस्टिभलमा सहभागी हुँदै आएको छ । आइसफल प्रोडक्सनका लागि रामकृष्ण पोखरेलले निर्माण गरेको चलचित्रमा फिडेल देवकोटा, शोभा थापा निर्माता र सह निर्मातामा श्रीलंकाका विमुक्ति जयसुन्दरा रहेका छन् ।
Latest Updates
-
गोरखाबाट चलचित्र ‘पहाड’को छायाङ्कन सुरु, आठ वर्षपछि निर्देशनमा फर्किए घिमिरे
-
चलचित्र ‘जुनाः एक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक
New Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev
Next Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora