Missing: Kt Harayeko Suchana
Juna
Rangi

हरिबंश आचार्यको गाइजात्रा गीत ‘तिमी केको जान्ने’ सार्वजनिक

२०७७ श्रावन १६
हरिबंश आचार्यको गाइजात्रा गीत ‘तिमी केको जान्ने’ सार्वजनिक

हरिबंश आचार्यको गाइजात्रा गीत ‘तिमी केको जान्ने’ सार्वजनिक भएको छ । हरिबंशकै शब्द, सङ्गीत र स्वर रहेको गीतको भिडियो भिडियो साझेदारी सञ्जाल युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

गीतमा राजनीतिक व्यङ्ग्य पस्किएको छ । गीतमा भुपालमान सिंहको एरेञ्ज र किरण तुलाधरको मिक्सिङ एवम् माष्टरिङ रहेको हो । 

सागरराज शर्माको निर्देशन रहेको गीतको भिडियोमा हरिबंश आचार्य, शशि कुमार खड्का, किरण तुलाधर, विकाश भट्टराई, सुश्मा कार्की, धनराम मुस्कान, अनिल जिसी ९बुलेट०, सम्राट घिमिरे, दीप शेर्पाली, सुवाश महत, शंकर बिसीलगायतको अभिनय रहेको छ ।

शशिकिरणको कन्सेप्ट र हरि हुमागाईंको छायाँकन रहेको गीतको भिडियोमा सुशिल न्यौपानेको सम्पादन, कलर तथा भिएफएक्स रहेको छ ।

Kumari Bank