Jwai Sap
Aktor

‘फिरफिरे फिरिरी’को गीत ‘टिमिक्कै चोली’ सार्वजनिक

२०८१ कार्तिक १
‘फिरफिरे फिरिरी’को गीत ‘टिमिक्कै चोली’ सार्वजनिक

चलचित्र ‘फिरफिरे फिरिरी’को आइटम गीत ‘टिमिक्कै चोली’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा अनु चौधरीको स्वर र प्रशान्त सिवाकोटीको शब्द र संगीत रहेको छ । केशव राज भट्टको कोरियोग्राफी रहेको गीतमा मोडल अलिशा शर्माले नृत्य गरेकी छन् ।

नबिन भट्टको निर्देशन रहेको चलचित्रमा मनोज कुमार अधिकारी, सन्दिप श्रेष्ठ, भावना उप्रेती, शंकर सेढाई, पिटर प्रिन्स, रबिना केसी, पुष्प अवस्थी, सूर्यमान लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ । सन्दीप र भावनाको यो डेब्यु चलचित्र हो । सन्दिप श्रेष्ठ र नबिन भट्टको लेखन रहेको चलचित्रले दर्शकलाई पूर्ण मनोरञ्जन प्रदान गर्नेमा निर्माण टिम ढुक्क देखिएको छ । चलचित्र आगामी कार्तिक २२ गते छठ पर्वको दिनबाट प्रदर्शनमा आउनेछ ।

बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण गरिएको चलचित्रलाई मनोज कुमार अधिकारीले निर्माण गरेका हुन् । चलचित्र ‘नौ डाँडा पारी’, ‘मंगलसुत्र’ निर्माण गरेका निर्माता अधिकारी करिव १५ बर्षपछि फेरी चलचित्र निर्माणमा फर्किएका हुन् । चलचित्रमा जितु तामाङको छायांकन, केशव राज भट्टको कोरियोग्राफी, एलिस कार्कीको ब्याकराउण्ड स्कोर, प्रशान्त सिवाकोटीको संगीत र अनन्त घिमिरेको सम्पादन रहेको छ ।