गम्भिरको निर्देशनमा ‘तिम्रो साथमै जिउने चाहाना’

गम्भिर बिष्टको निर्देशनमा निर्माण भएको म्युजिक भिडियो ‘तिम्रो साथमै जिउने चाहाना’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतकको भिडियोमा शिव आर ठकुरी र सेजल गौतम फिचर्ड छन् ।
शिव अहिले अष्ट्रेलिया बसेर चलचित्र निर्देशन पनि पढिरहेका छन् । उनले समय निकालेर म्युजिक भिडियो अभिनय पनि गरिरहेका हुन् । सार्वजनिक गीतमा उनको डान्स र सिक्स प्याक्ड शरिर तारिफ योग्य छ । सार्वजनिक भिडियो आर्ट मुभिज र मोडल सुधिर श्रेष्ठसँगको सहकार्यमा निर्माण भएको हो । भिडियोमा सुधिर पनि बिशेष भुमिकामा देखिएका छन् ।
आर्ट मुभिजको प्रस्तुतिमा निर्माण भएको म्युजिक भिडियोमा कोरियोग्राफी पनि स्वयंम निर्देशक बिष्टको नै रहेको छ । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको सार्वजनिक गीतमा सनिश श्रेष्ठ र ममता गुरुङको स्वर सुन्न सकिन्छ ।
भिडियोमा नवराज उप्रेतीको छायांकन, नविन निरौलाको सम्पादन र मिलन विश्वककर्माको कलर रहेको छ ।






Latest Updates
New Releases (Falgun 23)
-
Hostel 3
Director : Sashan Kandel
Casts : Paras Bam Thakuri, Ryhaan Giri, Sama Parajuli, Ashish Ghimire, Simran Pant
Next Releases (Falgun 29)
-
Anjila
Director : Milan Chams
Casts : Anjila Tumbapo Subba, Dayahang Rai, Shrijana Subba, Maotse Gurung, Bijay Baral