‘उपहार’को गीत ‘मुटुको ४ आना’ सार्वजनिक

फागुन २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘उपहार’को दोस्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘मुटुको ४ आना’ बोलको गीतमा अर्जुन पोखरेलको संगीत, मुक्त उदासको शब्द रचना र समीक्षा अधिकारी र महेन्द्र बिकेको स्वर छ ।
कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा रेखा थापा, बेनिशा हमाल, पूजा शर्मा, किरण केसी, राजाराम पौडेल, शिशिर राणा, निर्मल शर्मा, रामचन्द्र अधिकारी र विनोद कुमार पौड्याललाई फिचर्ड गरिएको छ । सामाजिक विषयवस्तुको चलचित्रमा हाँस्यरसदेखि रोदनसम्म सबै कुराको समिश्रण रहेको निर्देशक ज्ञानेन्द्र देउजा बताएका छन् ।
चलचित्रमा मुकुन भुषाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, अंशु महर्जन, आशा भुुषाललगायतको पनि अभिनय छ । अभिनेत्री थापाका श्रीमान् बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको चलचित्रका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् ।
रेखा फिल्मस् र कपनगढी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।

Latest Updates
New Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel
Next Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi