‘उपहार’को शीर्ष गीत ‘हेरेको छैन’ सार्वजनिक

फागुन २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘उपहार’को शीर्ष गीत ‘हेरेको छैन’ बिहीबार सार्वजनिक भएको छ । गीतमा रविन भुसालको स्वर, अर्जुन पोखरेलको संगीत, प्रमोद ढुंगानाको शब्द र कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।
गीतमा अभिनेत्री रेखा थापा, बेनिशा हमाल, पूजा शर्मा, मुकुन भुसाल, सुष्मा कार्की फिचर्ड छन् । ‘उपहार’ सामाजिक विषयवस्तुमा आधारित रहेकाले चलचित्रमा हाँस्यरसदेखि रोदनसम्म सबै कुराको समिश्रण रहेको निर्देशक देउजा बताउँछन् । चलचित्रमा मुकुन भुषाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, अंशु महर्जन, आशा भुुषाललगायतको पनि अभिनय छ । अभिनेत्री थापाका श्रीमान् बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको चलचित्रका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् ।
रेखा फिल्मस् र कपनगढी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।

Latest Updates
-
‘पिताम्बर’को ट्रेलर सार्वजनिक, नारीको अस्मिता रक्षाका लागि पिताम्बरको जन्म !
-
‘ऊनको स्वीटर’को टिजर रिलिज, मिरुनाको डायरीमा अटो भर्दै विपिन
-
-
-
-
New Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel
Next Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi