मेलिनाको स्वरमा 'भेट किन भयो' सार्वजनिक

लेन्सनेपाल २०७६ आषाढ ३१
मेलिनाको स्वरमा 'भेट किन भयो' सार्वजनिक

'भेट किन भयो' बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा सुनिल राईको संगीत, रोवार्ड सिप्तुङ्गख राईको शब्द र मेलिना राईको स्वर रहेको छ ।

निकेश खड्काको निर्देशन रहेको भिडियोमा लक्ष्मी बर्देवा र निराजन प्रधानलाई फिचर्ड गरिएको छ । यस्तै भिडियोमा बुद्ध थापाको छायाँकन र विकाश धमालाको सम्पादन रहेको छ ।