चलचित्र ‘भाईरल गोर्खे’को फर्स्टलुक सार्वजनिक
![चलचित्र ‘भाईरल गोर्खे’को फर्स्टलुक सार्वजनिक](https://www.lensnepal.com/files/news/viral-gorkhe-poster.jpg)
निगम श्रेष्ठको निर्देशनमा निर्माण भएको चलचित्र ‘भाईरल गोर्खे’को फर्स्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । फागुन २ गते शुक्रबार भयालेनटाइन डेको अवसरमा सार्वजनिक पोस्टरमार्फत् चलचित्र आगामी वर्षको जेठ ३० गतेबाट प्रदर्शनमा आउने जानकारी दिइएको हो ।
शुक्रबार सार्वजनिक एक पोस्टरमा अभिनेता सौगात मल्ललाई भाईरल भएपछि सामाजिक सञ्जालमा लाइभ बसेको अवस्तामा प्रस्तुत गरिएको छ । अर्को पोस्टरमा भने उनको सामाजिक सञ्जालमा लाइभ अनि अभिनेत्री सृष्टि श्रेष्ठसँग रोमान्टिक अवतारमा समेत देखिएका छन् । यसले चलचित्रले पछिल्लो समय नेपालमा विकृतीको रुपमा मौलाउदै गरेको भाईरल प्रवृतीलाई व्यंग गरेको बुझ्न सकिन्छ ।
‘नेपालमा सामाजिक सञ्जालको प्रयोग र प्रभाव बढ्दै जाँदा भाईरल हुने जे पनि गर्ने प्रवृत्ति पछिल्लो समय बढ्दो क्रममा छ,’ निर्देशक निगम श्रेष्ठले भने, ‘यसमै हाम्रो यो चलचित्र केन्द्रित रहनेछ । भाईरलका पछाडि लाग्दाको प्रभाव र असरको परिणाम चलचित्रमा देखाइने छ ।’
द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भएको चलचित्रमा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमलाको अभिनय रहेको छ । विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर निर्माता रहेको चलचित्र सह–निर्माता भुवन अधिकारी र निखिल पौडेल हुन् ।
अमर महर्जनको छायांकन रहेको चलचित्रलाई लम्जुङको भुजुङ गाउँ, गोरखा र चितवनमा खिचिएको हो ।
![](https://www.lensnepal.com/files/adds/PrabhuBank.jpg)
![Kumari Bank](https://www.lensnepal.com/files/adds/kumaribank.gif)
![](https://www.lensnepal.com/files/adds/NTC.gif)
![](https://www.lensnepal.com/files/adds/Nabil.gif)
Latest Updates
New Releases (Falgun 2)
-
Dukhi Aatma
Director : Dipendra Lama
Casts : Dayahang Rai, Aanchal Sharma, Anoop Bikram Shahi, Buddhi Tamang, Puskar Gurung -
Rangi
Director : Suresh Neupane
Casts : Salon Basnet, Dilip Rayamajhi, Namrata Shrestha, Aayushi Dhakal, Bishal Pahadi
Next Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar