‘माग्ने राजा’मा विल्सन विक्रमको इन्ट्री, ७ वर्षपछि केदारसँग सहकार्य

अभिनेता विल्सनविक्रम राई ‘माग्ने राजा’ को कलाकार सूचीमा औपचारिक रूपमा सामेल भएका छन् । मङ्गलवार निर्माण टिमले उनलाई अनुबन्ध गरेसँगै केदार घिमिरे (माग्ने बुढा) र विल्सनविक्रम राई (तक्मे बुढा) को चर्चित जोडी दशकपछि पुनः सँगै देखिने भएको छ ।
यसअघि उनीहरूले २०१८ को चलचित्र ‘राम कहानी’ चलचित्रमा सहकार्य गरेका थिए । त्यसयता दुवैलाई एउटै फिल्ममा ल्याउने प्रयास भए पनि सम्भव हुन सकेको थिएन । तर, ‘माग्ने राजा’ मा उनीहरूलाई समेट्न सकिने भूमिका निर्माण भएपछि दर्शकले पुनः यो जोडीलाई ठुलो पर्दामा देख्न पाउने भएका छन् ।
तक्मे बुढा नामकै कारण चर्चित भएका विल्सनविक्रम राईका लागि केदार घिमिरे विशेष व्यक्ति हुन् । ‘मेरी बास्सै’ टेलिशृंखलामा अभिनयको अवसर दिलाउनुका साथै ‘तक्मे बुढा’ नामकरणसमेत घिमिरेले नै गरेका थिए । यही कारण राईले घिमिरेलाई आफ्नो गुरु मान्दै आएका छन् ।
अनुबन्धपछि केदार घिमिरेले लामो समयपछि हुन लागेको सहकार्यप्रति उत्साहित रहेको बताए । ‘हामी दुवै जना एक अर्कासँग काम गर्न निकै उत्सुक थियौँ, तर परिस्थिति अनुकूल बन्न सकेको थिएन । अन्ततः ‘माग्ने राजा’ ले त्यो अवसर जुटाइदिएको छ,’ उनले भने ।
यस्तै, विल्सनविक्रम राईले पनि पुराना दिनहरू सम्झँदै खुसी व्यक्त गरे । ‘हामीले टेलिभिजन मात्र होइन, विदेशका थुप्रै स्टेज शो पनि सँगै गरेका छौँ । चलचित्रमा भने त्यति धेरै सहकार्य गर्ने मौका पाएका थिएनौँ । अब ‘माग्ने राजा’ ले त्यो अपूरो चाहना पूरा गरिदिएको छ,’ उनले भने ।
ऋषि लामिछानेको निर्देशनमा बन्ने ‘माग्ने राजा’ मा वर्षा सिवाकोटी, शिशिर वाङदेल, शारदा गिरी, पुष्कर गुरुङलगायत कलाकार पनि अभिनय गर्दै छन् । मुनाल घिमिरेको निर्माणमा आरम्भ प्रोडक्सनले प्रस्तुत गर्न लागेको यो चलचित्रको छायाङ्कन शिवरात्रिदेखि सुरु हुने छ । चलचित्रको छायाङ्कन नरेन्द्र मैनालीले गर्नेछन् भने पटकथा सामीप्य राज तिमल्सेनाले तयार पारेका छन् ।




Latest Updates
-
-
-
‘फेरि रेशम फिलिली’ सिक्वेलका रुपमा दर्शकलाई धोका नहुने निर्देशक निरोजको दाबी
-
सेन्सर पास भयो ‘ताण्डवम्’, हटाइयो १० मिनेटको हिंसात्मक दृश्य
-
-
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri