चलचित्र ‘जाइरा’को ट्रेलर सार्वजनिक
चलचित्र ‘जाइरा’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरले चलचित्र बदलाको कथामा केन्द्रित रहेको प्रस्ट्याउँछ ।
आशुतोष राज श्रेष्ठको निर्देशन रहेको चलचित्रमा नम्रता श्रेष्ठ, अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठ, श्रृजना रेग्मी, सुजता श्रेष्ठ, सम्राट मगरलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा नम्रता मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा छिन् ।
चलचित्रमा निर्देशक श्रेष्ठ र निरोज महर्जनको पटकथा, बाबु श्रेष्ठको छायाँकन र लोकेश बज्राचार्यको सम्पादन रहेको छ । कटामरी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रालिको ब्यानरमा प्रस्तुत भएको छ । चलचित्रका कार्यकारी निर्माता प्रशन्न गोपाली हुन् ।
चलचित्र भाद्र ६ गतेबाट सार्वजनिक हुँदैछ ।
Latest Updates
New Releases (Chaitra 30)
-
Degree Maila M.A. 3rd Class
Director : Ram Babu Gurung
Casts : Dayahang Rai, Aanchal Sharma, Maotse Gurung, Prakash Ghimire, Buddhi Tamang -
The Red Suitcase
Director : Fidel Devkota
Casts : Saugat Malla, Shristi Shrestha, Bipin Karki, Prabin Khatiwada
Next Releases (Baishak 21)
-
Mansara
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Menuka Pradhan, Prabin Khatiwada, Shanti Giri