Mansara

‘यसपालीको तीजमा’ हर्षिका

२०७६ आषाढ २०
‘यसपालीको तीजमा’ हर्षिका

आधुनिक गीतहरुमा सहकार्य गर्दै आएका संगीतकार सुनिल मास्के तथा गीतकार योगेन्द्रमणि दाहालले पहिलो पटक तीज गीतमा सहकार्य गरेका छन् ।

योगेन्द्रमणि दाहालको शब्द अनि सुनिल मास्केद्वारा संगीतबद्ध गरिएको तीज गीत ‘यसपालीको तीजमा’ हालै सार्वजनिक भएको छ । सार्वजनिक गीतमा मिना थापाको स्वर रहेको छ ।

गीतको भिडियोलाई युवराज वाइवा र विकास दाहालले निर्देशन गरेका छन् । युवराज र विकासकै सम्पादन रहेको भिडियोमा उत्सव दाहालको छायाँकन छ भने हर्षिका श्रेष्ठ र सरोज दाहालले नृत्य गरेका छन् ।

Mahajatra