Aaryan Sigdel   
Movie's Credit : Cast / Special Appearance / Presenter / Story / Lyricist
Song's Credit : Cast

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

आर्यनको ‘च च हुई’ कार्तिक २९ मा प्रदर्शन हुने

लेन्सनेपाल २०७६ आषाढ १३
आर्यनको ‘च च हुई’ कार्तिक २९ मा प्रदर्शन हुने

चलचित्र ‘च च हुई’ कार्तिक २९ गतेबाट प्रदर्शनमा आउने भएको छ । साम्तेन भुटियाको निर्देशनमा बनेको चलचित्रको प्रदर्शन मिति औपचारिक रुपमा घोषणा नगरिए पनि निर्माण पक्षले कार्तिक २९ लाई लक गरि वितरकहरुलाई जानकारी गराइसकेको बुझिएको छ ।

चलचित्रमा आर्यन सिग्देल, मिरुना मगर, माओत्से गुरुङ, भोलाराज सापकोटा, पुस्कर गुरुङ, बबिता मल्ल लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा सुशन प्रजापतिको छायाँकन, राजनराज सिवाकोटी र रोशन थापाको संगीत र सिजन दाहाल र सन्देश अर्यालको लेखन रहेको छ ।

‘एजीएल इन्टरटेनमेन्ट’को ब्यानरमा निर्माण भएको चलचित्रमा अमृत घोले लामाको लगानी रहेको छ । निर्देशक भुटियाले आफ्ना यसअघिका चलचित्र भन्दा ‘च च हुई’ नितान्त फरक र कमर्सियल चलचित्र बनाएको बताएका छन् । उनले दर्शकलाई भरपुर मनोञ्जन दिलाउने प्रयास यो चलचित्रमा गरेको जनाएका छन् ।