This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
चलचित्र प्रसादको दोस्रो गीत ‘बनकी चरी’ सार्वजनिक

चलचित्र प्रसादको दोस्रो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको ‘बनकी चरी’ बोलको गीत लोकलयमा आधारित रहेको छ ।
बि पाण्डेको शब्द रहेको गीतमा रुपक डोटेल र अन्जु पन्तको आवाज रहेको छ भने सुबाष भुषालको संगीत छ । गीतमा निश्चल बस्नेत र अञ्जली अधिकारीले नृत्य गरेका छन् भने विपिन कार्की गायकको रुपमा प्रस्तुत भएका छन् । गीतमा चलचित्रमा शिव बिकको कोरियोग्राफी छ । चलचित्रमा राजेश श्रेष्ठको छायाँकन, लोकेश बज्राचार्यको सम्पादन, हिमाल केसीको द्वन्द्व र सुशिल पौडेलको लेखन रहेको छ । चलचित्र पत्रकार सुशिलले यसै चलचित्रबाट लेखनमा पनि हात हालेका हुन । विकास सुबेदी चलचित्रका एसोसियट निर्देशक हुन ।सुवास थापा प्रोडक्सनको व्यानरमा निर्माण भएको चलचित्रमा सुवास थापाको लगानी रहेको छ । मंसिर २१ गतेबाट रिलिज हुने चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन । चलचित्रमा विपिन र निश्चलका अलवा नम्रता श्रेष्ठको पनि मुख्य भुमिका रहेको छ ।
यस अघि चलचित्रको ‘लै लै’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको थियो । चलचित्रको थीम दर्शाउने गरि केही भिज्वयल र तस्विरहरु प्रयोग गर्दै सार्वजनिक गरिएको गीतले निकै प्रसंसा पाइरहेको छ ।
निर्देशकका कारण संगीतकारले झण्डै छोडेका थिए, प्रसाद ! तर, हिट भयो लै... लै...
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri