Anmol K.C.   
Movie's Credit : Cast / Producer

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

‘ए मेरो हजुर ३’को चार दिने कलेक्सन चार करोड

लेन्सनेपाल २०७६ बैशाख ३
‘ए मेरो हजुर ३’को चार दिने कलेक्सन चार करोड

चलचित्र ‘ए मेरो हजुर ३’को चार दिने कलेक्सन सार्वजनिक भएको छ । गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘ए मेरो हजुर ३’ले घरेलु बक्स अफिसमा चार करोड एक लाखको व्यापार गरेका हो ।

आक्रमक शुरुवात गरेको चलचित्रको व्यापार बम्पर छ । वितरक मनोज राठीका अनुसार पहिलो ३ दिनमा ३ करोड ३९ लाखको व्यापार गरेको चलचित्रले सोमबार मात्रै ६२ लाखको कारोबार गरेको हो । नयाँ वर्षको अवसर पारी प्रदर्शनमा आएको चलचित्र म्युजिकल लभ स्टोरी जनराको हो । चलचित्रमा अनमोल केसी र सुहाना थापाको मुख्य भुमिका रहेको छ ।

लभ स्टोरीमा रुचाइएका अनमोल यो चलचित्रबाट फेरी लभ स्टोरीमा फर्केका हुन् । बिचको समय उनले एकसन र स्पोर्टस् जनराको चलचित्रमा समेत काम गरेका थिए । अनमोलका चलचित्रको बक्सअफिस रिपोर्ट हेर्दा उनी लभस्टोरीमा ज्यादा रुचाइएका छन् । दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउनु, अनमोल लभस्टोरीमा कमव्याक हुनु, ए मेरो हजुरको तेस्रो सिरिजका रुपमा चलचित्र आउनु, ट्रेलर र गीतसंगीतले दर्शकको मन जित्नु तथा नयाँ वर्षको अवसरमा प्रदर्शन हुनु जस्ता कारणले ‘ए मेरो हजुर ३’ बक्स अफिसमा अब्बल ठहरिएको हो ।

यसै चलचित्रबाट डेव्यु गरेकी सुहाना थापाले अभिनयमा प्रशस्त सम्भावना देखाएकी छिन । चलचित्रकर्मी र दर्शकको मन जित्न सफल सुहाना कलाकार तथा निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थापाकी छोरी समेत हुन् ।

वर्ष २०७छ मा प्दर्शनमा आउका अधिकांश चलचित्रहरु बक्स अफिसमा असफल हुँदा धेरैले निराशाको वर्षका रुपमा समेत लिएका थिए । तर, वर्षको अन्त्यमा प्रदर्शनमा आएको यो चलचित्रले भने फिल्मी बजारमा चहलपहल ल्याएको छ । मल्टिप्लेक्स र सिंगल थियटर दुवैमा चलचित्र अव्वल ठहरियो । मल्टिप्लेक्समा पूर्व निर्धारित शोहरु बढ्नु र सिंगल थियटरहरु थपिनुले पनि ए मेरो हजुर ३ व्यवसायिक रुपमा सफल भएको देखिन्छ । निर्माण पक्षका अनुसार मंगलबार पनि चलचित्रको व्यापार उत्साहजनक देखिएको छ । यद्यपी मंगलबारको रिपोर्ट आउन भने बाँकी नै छ ।

सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा अनमोल र सुहानाका अलवा अपर्ण थापा, सलोन बस्नेत, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको पनि अभिनय रहेको छ । चलचित्रमा झरना थापा र सुमन पौडेलको कथा, छेतेन गुरुङ, प्रतिक पौडेल, बाबुराम दाहाल र सुमन पौडेको पटकथा तथा संवाद, सञ्जय लामाको छायांकन, कविराज गहतराज, प्रविन सिंह, राहुल शाह र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व र दिर्घ खड्काको सम्पादन रहेको छ ।