Anmol K.C.   
Movie's Credit : Cast / Producer

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

अनमोलले भन्छन् – दर्शकले लभस्टोरीमा रिलेट गर्नुभयो, एक्सपेरिमेण्ट गर्ने माहौल छैन

बिष्णु सुबेदी २०७६ बैशाख ५
अनमोलले भन्छन् – दर्शकले लभस्टोरीमा रिलेट गर्नुभयो, एक्सपेरिमेण्ट गर्ने माहौल छैन

अनमोल केसीले नायकका रुपमा ७ चलचित्रमा काम गरेका छन् । जसमध्ये ५ चलचित्र लभस्टोरी छन् । लभस्टोरी चलचित्रबाट डेव्यु गरेका अनमोल अन्य जनराका चलचित्रमा भन्दा लभस्टोरी मै ज्यादा रुचाइए । हामीले अनमोलसँग यसको कारण खोज्ने प्रयास गरेका छौं । जहाँ उनले दर्शकले आफ्नो लुक्सका कारण लभस्टोरीमा रिलेट गर्नु र एक्सपेरिमेण्ट गर्नका उपयुक्त माहौल नभएको बताएका छन् ।

टाइप काष्ट नेपाली चलचित्रको सबैभन्दा ठुलो समस्या हो । कोही कलाकार कुनै जनरामा सफल भयो भने त्यसलाई त्यस्तै क्यारेक्टरमा अफर गरिन्छ । फरक चरित्रका लागि चुनाति देख्ने जमात ठुलै छ । यसको अर्थ भर्सटायल कलाकार नभएका भन्ने होइनन् । तर, पछिल्लो समय चलेका कलाकारहरु अक्सर उस्तै जनरामा सफल छन् । यसको एउटा उदाहरण अनमोल केसी पनि हुन ।

सन् २०१३ को चलचित्र होस्टेल देखि प्रदर्शनरत चलचित्र ए मेरो हजुर ३ सम्मको बक्स अफिस रिपोर्टले अनमोललाई लभस्टोरीमा सफल देखाएको छ । लभस्टोरी चलचित्रको तुलनामा उनका अन्य जनराका चलचित्र बक्स अफिसमा कमजोर भए । होस्टेल, जेरी, ड्रिम्स, गाजलु र ए मेरो हजुर ३ लभ स्टोरी जनराका हुन भने कृ एक्सन र क्याप्टेन स्पोर्टस् जनराका चलचित्र हुन् ।

पछिल्लो समय कृ र क्याप्टेनले अपेक्षाकृत व्यवसाय नगर्दा अनमोलको स्टारडम माथी पनि प्रश्न उठाइएको थियो । तर, वर्षको अन्त्यमा प्रदर्शनमा आएको चलचित्र ए मेरो हजुर ३ ले त्यसको जवाफ केही हदसम्म दिएको छ । चलचित्र चल्नुका कारणहरु धेरै छन्, यद्यपी अनमोल केसी लभस्टोरीमा कमव्याक हुनुलाई पनि एउटा प्रमुख कारण मानिएको छ । अनमोललाई अभिनयमा कमजोर तर, लुक्सका कारण मात्र बक्स अफिसमा दब्दबा कायम राख्न सफल भएको आरोप पनि लाग्यो । यद्यपी अनमोलले कृ र क्याप्टेनबाट आफुलाई परिपक्क अभिनेताका रुपमा उभ्याउने कोसिस गरे । अन्य चलचित्रको तुलनामा यि दुई चलचित्रमा अनमोलको अभिनय केही अव्वल रहेको थियो ।

अनमोल भने आफुलाई फरक फरक जनराका चलचित्रमा काम गर्न इच्छा भएको बताउँछन् । फरक फरक क्यारेक्टरमा काम गर्न र आफुलाई अव्वल सावित गर्न मन भएको बताएका अनमोलले कृ र क्याप्टेनलाई सोही अनुरुप लिएका छन् । ‘पछि गएर आफुलाई काम गर्न मन लागेको चलचित्रमा किन काम गरेनछु भन्ने नहोस्’, अनमोलले कृ र क्याप्टेन गर्नुको कारण खोल्दै भने – ‘बिस्तारै उमेर ढल्कदै छ । केही नयाँ गर्ने समय पनि यही नै हो ।’ आफ्नो रुचि अनुसार फरक जनरामा काम गरेका अनमोल लभस्टोरीको तुलनामा ति चलचित्र कमजोर भएपनि खुशी छन् ।

आफ्नो लुक्सका कारण लभस्टोरीमा दर्शकहरुले धेरै रिलेट गरेको हुन सक्ने बताएका अनमोल अहिले चलचित्र बजारमा एक्सपेरिमेण्ट गर्ने माहौल पनि नभएको जनाउँछन् । चलचित्र चल्नु नै अहिलेका लागि ठुलो कुरा भएको उनको भनाई छ । चलचित्रको रिभ्युलाई पनि महत्वपूर्ण मान्ने अनमोल अहिलेको अवस्थामा भने चलचित्रको व्यवसाय त्यो भन्दा महत्वपूर्ण ठान्छन् ।