Anmol K.C.   
Movie's Credit : Cast / Producer

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

प्रधानमन्त्री ओलीलाई मन पर्यो ‘क्याप्टेन’

लेन्सनेपाल २०७५ चैत्र ६
प्रधानमन्त्री ओलीलाई मन पर्यो ‘क्याप्टेन’
बुवा र श्रीमतीसँगै बसेर चलचित्र ‘क्याप्टेन’ हेर्दै प्रधानमन्त्री ओली । तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय

प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र ‘क्याप्टेन’ राम्रो बनेको प्रतिक्रिया दिएका छन् । बुधबार साँझ परिवारसहित फिल्म हेर्न गएका प्रधानमन्त्री ओलीले ‘क्याप्टेन’ हेरेपछि सञ्चारकर्मीसँग सक्षिप्त प्रतिक्रिया दिदै चलचित्र एकदमै राम्रो बनेको बताए ।

राजधानीको सिटी सेन्टरको बिग मुभिजमा उनले बुवा मनप्रसाद ओली र श्रीमती राधिका शाक्य सँगै चलचित्र हेरेका हुन् । प्रधानमन्त्रीसँगै सरकारका मन्त्री र सत्तारूढ दलका नेताहरू समेत चलचित्र हेर्न पुगेका थिए । हलमा पुगेका प्रधानमन्त्रीलाई क्याप्टेनका अभिनेता अनमोल केसीसहित अन्य कलाकारले स्वागत गरेका थिए।

चलचित्रमा अनमोल केसी इशान खड्काको भुमिकामा देखिएका छन् । जुन भुमिकालाई प्रधानमन्त्रीले रुचाए । इशान खड्का इज बेष्ट भन्दै प्रतिक्रिया दिएका ओलीले अनमोल बारेको प्रश्नमा भने आफै ठट्यौली शैलीमा आफुले अनमोल नचिनेको तर, इशान मन परेको बताए ।

बुँधबार सााझ ६ बजेको शो हेर्न प्रधानमन्त्री आउने भएपछि बिग मुभिजको सुरक्षा व्यवस्था कडा पारिएको थियो । प्रहरीले नै क्याप्टेन हेर्न आएका दर्शकको चेक गरेर मात्र प्रवेश दिएको थियो । तर, प्रधानमन्त्री भने साढे ६ बजेमात्र हलमा आएका थिए । भुवन केसीको निर्माण रहेको चलचित्रलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन । चलचित्रले फुटबलर बन्न एक युवाले गरेको संघर्षको कथा देखाएको छ ।