Apil Bista
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
होली खेल्दै ‘कागजपत्र’को गीत सार्वजनिक

चलचित्र ‘कागजपत्र’को दोस्रो गीत सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच ‘तिमी जाने बाटो’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा कलाकारहरु नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा र सरिता गिरीलाई फिचर्ड गरिएको छ । संगीत सापकोटाको शब्द तथा संगीत रहेको गीतमा अनुपम शर्मा र प्रविसा अधिकारीको स्वर रहेको छ ।
होलीको पूर्वसन्ध्यामा आयोजित उक्त कार्यक्रममा पत्रकार र निर्माण टिमले एक आपसमा होली समेत मनाएका थिए । निर्देशक अपिल बिष्ट, कलाकारहरु नाजिर हुसेन, सिल्पा मास्के, भोला सापकोटा र लोकेन्द्र लेखकले पत्रकारसँग होली मनाएका थिए ।
आगामी शुक्रबारबाट प्रदर्शन हुने चलचित्रले अष्ट्रेलिया जानका लागि फेक डकुमेण्टको चक्करमा लागेका युवा युवतिको कथा भन्नेछ । सोसियल सटायर चलचित्र कमेडी जनरामा निर्माण भएको बताइएको छ ।
इपी एजुकेशन अष्ट्रेलिया प्रस्तुतकर्ता रहेको चलचित्र वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयुक्त व्यानरमा निर्माण भएको हो । चलचित्रमा खिलेन्द्र तिम्सिना, मुकेश रेग्मी र प्रजापती सिवाकोटीको लगानी रहेको छ भने किरण न्यौपाने र सरस्वती श्रेष्ठ सहनिर्माताको रुपमा रहेका छन् ।
New Releases (Baishak 12)
-
Khel
Director : Anurag Pradhan , Astha Shrestha
Casts : Surakshya Panta, Monika Thapa, Hena Nagarkoti, Samapika Gautam, Mithila Sharma -
Bhuthan - The World's Happiest Man
Director : Binod Paudel
Casts : Hari Bansha Acharya, Dayahang Rai, Joes Pandey, Richa Ghimire, Aditi Pyakurel
Next Releases (Baishak 19)
-
Jhilko : The Spark
Director : Yadav Kumar Bhattrai
Casts : Sunil Pokharel, Barsha Shiwakoti, Bishal Pokharel, Aayushi Dhakal, Bholaraj Sapkota