Ashma D.C.
Movie's Credit : Cast
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
वैवाहिक सम्बन्धमा जोडिए आश्मा र संयम

कलाकारद्वय संयम पुरी र आश्मा डीसी वैवाहिक सम्बन्धमा जोडिएका छन् । शुक्रबार बौद्धस्थित पाँचतारे हायात रिजेन्सीमा उनीहरुको विवाह भइरहेको छ ।
वैवाहिक समारोहमा चलचित्र क्षेत्रका भने निकै न्यून ब्यक्तिहरुको उपस्थिति रहेको छ । पारिवारिक सदस्य र आफन्तहरुको उपस्थितिका बिच विवाह गरेका संयम र आश्माको विवाहमा निर्देशक नवल नेपाल, निर्देशक हेमराज बिसी, निर्देशक निश्चल बस्नेत, अभिनेत्री स्वस्तिमा खड्का लगायत सिमित चलचित्रकर्मीहरु मात्र उपस्थित छन् ।
सन् २०१२ देखि आश्मा र संयम प्रेम सम्बन्धमा रहेका छन् । संयमको चलचित्र ‘सायद’को रिलिजको समयमा उनीहरुको भेट भएको थियो । उक्त समय आश्मा टिभी फिल्मीमा भिजे थिइन ।
संयम फिल्म निर्देशक नारायण पुरीका छोरा हुन् । उनले ग्याङस्टर ब्लुज, रातोघर, नाइँ नभन्नु ल ३, आभास, पुन्टे परेड, सायद लगायतका चलचित्रमा अभिनय गरेका छन् । यस्तै भिजेबाट करियर शुरु गरेकी आश्माले ‘रामप्यारी, नाइँ नभन्नु ल ३ र आभासमा अभिनय गरेकी छन् । उनीहरुले आभासमा एकसाथ काम गरेका थिए ।
पछिल्लो ३ वर्ष देखि दुबैजना अमेरिकामा बस्दै आएका छन् ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri